Monday, July 20News That Matters

मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध

३ साउन, चितवन । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भैरहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् । संख्या भने खुलेको छैन ।

वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो ।

सडक खुला भएलगत्तै सवारी साधनहरुले लेन अनुसार मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *