Monday, July 20News That Matters

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ मा तेस्रो स्थानमा

काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ ।

मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो

। खेलको पहिलो हाफमै इंग्ल्यान्डले ४-० को अग्रता कायम गरेको थियो ।

इंग्ल्यान्डका लागि पहिलो गोल डेक्लन राइसले गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरे । खेलको १८ औँ मिनेटमा एज्री कोन्साले गोल गरे ।

खेलमा बुकायो साकाले ह्याट्रिक गरे । उनले खेलको ३० औँ, ४७ औँ र ८५ औँ मिनेटमा गोल गरे ।

फ्रान्सका लागि क्लियन एम्बाप्पेले दुई गोल गरे । उनले ४७ औँ र ६६ औँ मिनेटमा गोल गरेका हुन् । जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी एम्बाप्पे बनेका छन् । जारी विश्वकपमा उनको गोल संख्या १० पुगेको छ ।

खेलको ५३ औँ मिनेटमा ब्राड्ली ब्रोकोलाले गोल गरे भने खेलको ९५ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गर्दा नतिजा ५-४ हुनपुग्यो । खेलको ९७ औँ मिनेटमा इंग्ल्यान्डका जुड बेलिंघले गोल थप्दा नतिजा ६-४ भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *