Monday, July 27News That Matters

परदेशबाट

विदेशमा पैसा फल्ने बोट हुँदैन, रहर र आवश्यकता छुट्याउनुपर्छ

विदेशमा पैसा फल्ने बोट हुँदैन, रहर र आवश्यकता छुट्याउनुपर्छ

परदेशबाट
अमित संग्रौला/झापा अहिले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छु । विदेश आएको छ महिना बितिसेकेको छ । दिनहुँजसो युवायुवती विदेशिने क्रम जारी छ । देशमै बसेर केही गर्छु भन्नेलाई सरकारले रोजगार दिन सकिरहेको छैन । हुन त अहिले सरकारले स्वदेशमै रोजगार कार्यक्रम/अभियान शुरु गरेको छ । यो आशावादी विषय हो । तर यो अभियानले कति नेपाली युवालाई रोजगारी दिन सक्छ भन्ने प्रश्न छ । देशमा जति नै रोजगारी छ भने पनि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढी नै रहेको छ । यसो हुनुमा उनीहरू आफ्नो आर्थिक अवस्था उकास्न चाहन्छन् । त्यसैले युवा अहिले विदेशमा पसिना बगाइरहेका छन् । तर वैदेशिक रोजगारीमा जाँदा कस्ता कुराहरूको ख्याल गर्नुपर्छ, कस्तो चुनौतीको सामना गर्नुपर्छ भन्ने याद हुँदैन । आज म वैदेशिक रोजगारीमा जाँदा ख्याल गर्नुपर्ने कुराहरू बताउँछु । वैदेशिक रोजगारीमा जानका लागि मानसिक, शारीरिक र भावनात्मक रूपम...
मेलबर्नको नेपाली मन्दिरमा भजन कीर्तन र सागा दावा दुचेन

मेलबर्नको नेपाली मन्दिरमा भजन कीर्तन र सागा दावा दुचेन

परदेशबाट
अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायमा आफ्नो सनातन वैदिक धर्म, संस्कृति तथा भजन परम्पराको संरक्षण, संवर्द्धन एवं पुस्तान्तरण गर्ने उद्देश्यका साथ आध्यात्मिक गतिविधिहरू निकै तीव्र रूपमा अगाडि बढेका छन्। यसै पवित्र लक्ष्यका साथ मेलबर्नस्थित नेपाली मन्दिरमा नियमित रूपमा महिनाको छ दिन भजन कीर्तन कार्यक्रमको आयोजना गरी नाचगान र भक्तिभाव प्रस्तुत गर्ने गरिएको छ। यो कार्यक्रम दुई फरक समूहद्वारा सञ्चालन भइरहेको छ, जसअन्तर्गत एउटा टोलीले प्रत्येक शनिबार बेलुकी साढे पाँच बजेदेखि नियमित भजन कीर्तन गर्दछ भने अर्कोतर्फ युवा समुदायले पाक्षिक रूपमा अर्थात् महिनाको पहिलो र तेस्रो आइतबार बेलुकी साढे पाँच बजे नै विशेष भजन कार्यक्रम चलाउँदै आएका छन्। विगत एक वर्षभन्दा बढी समयदेखि निरन्तर चलिरहेको यस साप्ताहिक भजन कीर्तनका अलावा आयोजकहरूले समय-समयमा भव्य ‘महा-भजन’ कार्यक्रम समेत आयोजना ...
पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

परदेशबाट
युरोपेली मुलुक पोर्चुगलमा पनि ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। पोर्चुगलस्थित नेपाली दूतावासको आयोजनामा राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको हो। सो अवसरमा बोल्दै पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेलले सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको उपलब्धिको चर्चा गर्दै उक्त उपलब्धिलाई मानवजातिले प्रदर्शन गरेको साहस, सहनशीलता र दृढताको प्रतीकका रूपमा उल्लेख गरे। उनले हिमालय क्षेत्रको पर्यावरण संरक्षण गर्दै भावी पुस्ताका लागि यसको महत्व जोगाइराख्नुपर्नेमा जोड दिए। पोर्चुगिज पर्वतारोही ज्वाओ गार्सियाले सगरमाथासहितका हिमाल आरोहणको अनुभव सुनाउँदै नेपालीहरूको आतिथ्य सत्कारको प्रशंसा गरे। अतिरिक्त अक्सिजनको प्रयोग नगरी विश्वका १४ वटा सर्वोच्च हिमालको सफल आरोहण गरिसकेका छन्। सगरमाथा आरोही गार्सियाला...