Monday, July 27News That Matters

बैदेशिक रोजगार समाचार

नक्कली सीप प्रमाणपत्र बेच्ने संस्था सिलबन्दी

नक्कली सीप प्रमाणपत्र बेच्ने संस्था सिलबन्दी

बैदेशिक रोजगार समाचार
७ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको संस्थाको कार्यालय सिलबन्दी गरिएको छ । इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो । विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारबाही अघि बढाइएको हो । अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानुन र सर्तहरूको गम्भीर उल्लङ्घन समेत देखिएको छ । सीप प्रशिक्षण दिन मात्रै अनुमति पाएको संस्थाले सरकारी निकाय (सीटीईभीटी)लाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेट...
वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने

वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने

बैदेशिक रोजगार समाचार, मुख्य समाचार
काठमाडौं । वैदेशिक रोजगारमा हुने ठगी, बढी शुल्क असुली तथा सम्झौताविपरीतका सेवासम्बन्धी गुनासा अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रीको उपस्थितिमा मंगलबार वैदेशिक रोजगार विभागले 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको हो। विभागका अनुसार अब स्वदेश वा विदेशमा रहेका पीडित तथा उनका परिवारले ujuri.dofe.gov.np मार्फत आवश्यक प्रमाणसहित अनलाइन उजुरी दर्ता गर्न सक्नेछन्। वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम लिएर नपठाउने, बढी शुल्क असुल्ने, राहदानी कब्जामा राख्ने वा विदेश पुगेपछि सम्झौताअनुसारको तलब, काम र सेवा–सुविधा नपाएको जस्ता गुनासा प्रणालीमार्फत दर्ता गर्न सकिनेछ। उजुरी दर्तापछि सेवाग्राहीले इमेल वा एसएमएसबाट प्राप्त ट्र्याकिङ कोडमार्फत मुद्दाको प्रगति अनलाइनमै हेर्न सक्नेछन्। विभागका अनुसार यस प्रणालीले उजुरी व्यवस्थापनलाई छिटो, पारदर्शी र प...
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बैदेशिक रोजगार समाचार
६ साउन, काठमाडौँ  । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् । प्रहरीका अनुसार प्रदीपकुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट रु चार लाख र कविताले युएई पठाइदिने भन्दै रु एक लाख आठ हजार लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा खोजतलास गरिएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ ।...
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग

बैदेशिक रोजगार समाचार
काठमाडौं, साउन ५ । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार छनोटका लागि कोरियन भाषापरीक्षाको आवेदन खुला गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो।  नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीपत्र (एमओयू) अनुसार यसपटक विभिन्न चार क्षेत्रमा गरी ७ हजार २ सय जना नेपाली कामदारको माग आएको छ। प्राप्त कोटाअनुसार उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको माग रहेको ईपीएस कोरिया शाखाले जनाएको छ। कोरियन भाषा परीक्षाका लागि आवेदन २७ जुलाई २०२६ देखि २ अगस्ट २०२६ सम्म अनलाइनमार्फत दिन सकिनेछ। आवेदन दिन इच्छुक उम्मेदवार १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा अदालतबाट ...
वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको अनलाइन उजुरी प्रणाली सुरु

वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको अनलाइन उजुरी प्रणाली सुरु

बैदेशिक रोजगार समाचार
वैदेशिक रोजगारीका क्रममा हुने ठगी, बढी रकम असुली तथा श्रमिकमाथिको शोषण नियन्त्रण गर्ने उद्देश्यले वैदेशिक रोजगार विभागले अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले विभागमा आयोजित कार्यक्रममा उक्त प्रणालीको औपचारिक शुभारम्भ गर्नुभयो। अब वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी वा अन्य समस्यामा परेका सेवाग्राहीले मोबाइल वा कम्प्युटरमार्फत घरमै बसेर उजुरी दर्ता गर्न सक्नेछन्। मन्त्री यादवका अनुसार उजुरीसँग सम्बन्धित आवश्यक प्रमाणसमेत अनलाइनमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ। उजुरी दर्ता भएपछि आवेदकले इमेल वा एसएमएसमार्फत प्राप्त हुने ट्र्याकिङ कोड प्रयोग गरेर आफ्नो मुद्दाको प्रगति जुनसुकै बेला अनलाइनबाट हेर्न सक्नेछन्। उहाँले २०५७ सालदेखि थन्किएर रहेका ४० हजारभन्दा बढी पुराना उजुरीका फाइललाई व्यवस्थित गर्दै डिजिटलाइज गर्न...
वैदेशिक रोजगारका नाममा ठग्नेहरु जुनसुकैबेला कारवाहीमा पर्नेछन् : मन्त्री यादव

वैदेशिक रोजगारका नाममा ठग्नेहरु जुनसुकैबेला कारवाहीमा पर्नेछन् : मन्त्री यादव

बैदेशिक रोजगार समाचार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा अनुगमनको क्रममा बोल्दै उनले नयाँ प्रणाली लागू भएपछि म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्तामा सहभागी हुन वा अन्य प्रक्रियाका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्ने बताएका हुन् । उनले भने, ‘वैदेशिक रोजगारको क्षेत्रलाई सुधार गर्नको लागि ऐन संशोधन गर्दैछौँ । चाडै नै संसद र क्याविनेट लगेर ऐनलाई संशोधन गर्दै नयाँ एउटा युगको सुरुवात गर्छौँ । त्यसमा एभ्रिथिङ डिजिटलाइज हुन्छ । म्यानपावरमा आवेदन दिनको लागि काठमाडौँ आउन परेन ।’ मन्त्री यादवले वैदेशिक रोजगारको नाममा ठगी गर्नेहरूलाई कडा चेतावनी दिँदै नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय तथा वैदेशिक रोजगार विभागका अनुसन्धान संयन्त्रको स...
दबाबमूलक आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी संघ, १० दिनभित्र अन्तिम चरणका सबै श्रमिक पठाउन आह्वान

दबाबमूलक आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी संघ, १० दिनभित्र अन्तिम चरणका सबै श्रमिक पठाउन आह्वान

बैदेशिक रोजगार समाचार
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि निर्णायक र दबाबमूलक आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। संघले आन्दोलनअघि वैदेशिक रोजगार प्रक्रियाको अन्तिम चरणमा रहेका सबै श्रमिकलाई आगामी १० दिनभित्र गन्तव्य मुलुक पठाइसक्न व्यवसायीहरूलाई आह्वान गरेको छ। सोमबार बसेको संघका पदाधिकारीहरूको बैठकले हालको अवस्थामा पुरानै ऐन, नियम तथा व्यवस्थाअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अत्यन्त जटिल र चुनौतीपूर्ण भएको निष्कर्ष निकालेको छ। महासचिव हिराबहादुर डाँगी (हरि)का अनुसार सरकारले तोकेको १० हजार रुपैयाँ सेवा शुल्कलगायतका विद्यमान व्यवस्थाले व्यवसाय सञ्चालन व्यवहारिक रूपमा कठिन बनाएकाले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक भएको निर्णय बैठकले गरेको हो। संघले २०७२ सालदेखि लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’ नीति अव्यावहारिक भएको भन्दै त...
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी

वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी

बैदेशिक रोजगार समाचार
काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५.६ प्रतिशतले कम हो । नेपालको अर्थतन्त्र विप्रेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ । विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुँदा नेपाली कामदारको प्रस्थानमा समेत असर परेको थियो । गत आर्थिक वर्षमा जारी गरिएका श्रम स्वीकृतिमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिलाका लागि थिए। कुल श्रम स्वीकृतिमध्ये ८८ प्रतिशत ...
साउदी राजदूतसँग उद्योग समितिका सभापति अन्सारीको भेट, श्रमिक समस्या र लगानीबारे छलफल

साउदी राजदूतसँग उद्योग समितिका सभापति अन्सारीको भेट, श्रमिक समस्या र लगानीबारे छलफल

बैदेशिक रोजगार समाचार
३० असार, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखर बीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र साउदी अरबबीचको करिब पाँच दशक लामो ऐतिहासिक कूटनीतिक सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो । दुई देशबीचको आपसी हितलाई केन्द्रमा राखेर उद्योग, वाणिज्य तथा श्रम क्षेत्रसँग कूटनीतिक सम्बन्धलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा दुवै पक्षबीच विस्तृत छलफल भएको थियो । छलफलमा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका समस्या, म्यानपावर कम्पनी तथा बिचौलियाबाट हुने ठगी, सीपको अभाव र सम्झौताअनुसारको काम नपाउने अवस्थालाई न्यूनीकरण गर्ने विषय उठेको थियो । यस क्रममा साउदी सरकारले श्रमिकको सीप परीक्षण र व्यवस्थापनका लागि ल्याएको ...
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर

नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर

बैदेशिक रोजगार समाचार
नेपाल र साउदी सरकारबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एक दशकभन्दा लामो प्रयासपछि भएको सम्झौतामा नेपालका तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन् । सम्झौताले साउदी रोजगारमा जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा, सामाजिक सुरक्षा र श्रम अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा तयार पारिएको थियो । गत भदाै १३ गते बसेकाे मन्त्रीपरिषद् बैठकले सम्झाैतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे थियाे। तर, भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनका कारण सरकार ढलेपछि सम्झाैतामा...