Monday, July 27News That Matters

मुख्य समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश दुनियाको खबर, मुख्य समाचार
१० साउन, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा पनि म...
आज हरिशयनी एकादशी: घर घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी: घर घरमा तुलसीको बिरुवा सारिँदै

मुख्य समाचार
९ साउन, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका ...
आजको मौसमः  एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

देश दुनियाको खबर, मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस र कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका...

तीनवटा संसदीय समितिको बैठक बस्दै

देश दुनियाको खबर, मुख्य समाचार
८ साउन, काठमाडौं । सङ्घीय संसदअन्तर्गत शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दै छन्। आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सङ्घीय संसद सचिवालयको भवनमा बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्ययोजना तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि सिंहदरबारमा बिहान ११ बजे बस्दैछ । बैठकमा अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ः३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ...
यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

देश दुनियाको खबर, मुख्य समाचार
 नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २२ पैसा र बिक्रीदर २०७ रुपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९० रुपैयाँ ०७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआ...
आजको मौसम पूर्वानुमान: यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

देश दुनियाको खबर, मुख्य समाचार
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राती भने देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने...
आज ४८औँ पुष्पलाल स्मृति दिवस मनाइँदै

आज ४८औँ पुष्पलाल स्मृति दिवस मनाइँदै

देश दुनियाको खबर, मुख्य समाचार
७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज मनाइँदै छ । आज देशभर विभिन्न कार्यक्रम गरी पुष्पलाल स्मृति दिवस मनाउन लागिएको हो । विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए । नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए । विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए । उनी सहिद गंगालालको भाइ थिए । पुष्पलालले कार्लमाक्र्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर...
आजदेखि फेरि सत्याग्रह बस्दै डा. गोबिन्द केसी

आजदेखि फेरि सत्याग्रह बस्दै डा. गोबिन्द केसी

देश दुनियाको खबर, मुख्य समाचार
७ साउन, धनगढी । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै आएका डा. गोविन्द केसीले आज (बिहीबार) देखि धनगढीबाट फेरी सत्याग्रह बस्ने घोषण गरेका छन् । स्वास्थ्य क्षेत्र सुधारका लागि ७ बुँदे माग राख्दै केसीले धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । केसीले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका छन् । सरकारले निजी मेडिकलमा लगानी भएका व्यक्तिलाई कैलालीको गेटा स्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त गरेर त्यसको पुष्टि गरेको केसीको भनाई छ । साथै उनले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति तथा रजिष्ट्रारलाई हटाएर स्वार्थ नबाझिने व्यक्ति ल्याउनुपर्ने माग समेत गरेका छन् । ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्ववि...
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

देश दुनियाको खबर, मुख्य समाचार
७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ २१ पैसा र बिक्रीदर १५४ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८८ पैसा र बिक्रीदर १७६ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ १९ पैसा र बिक्रीदर २०७ रुपियाँ ०० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ८६ पैसा र बिक्रीदर १०८ रुपियाँ २८ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३९ पैसा र बिक्रीदर १०९ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ४३ पैसा र बिक्रीदर ११९ रुपियाँ ८९ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र ब...
आजको मौसम पूर्वानुमान: हल्का देखी भारी बर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: हल्का देखी भारी बर्षाको सम्भावना

देश दुनियाको खबर, मुख्य समाचार
७ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ, तराई भूभागमा मूख्यतया सफा रहेको छ । कोशी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ...